site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवालाई हराउँदै पोखरा फाइनलमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सहान रचिगेको अलराउन्ड प्रदर्शनप्रेरित पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । पोखरा पहिलोपटक फाइनलमा पुगेको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान विनोद भण्डारीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको त्यो निर्णय सही साबित भयो ।

ब्याटिङका लागि निम्त्याइएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमै तीन विकेट गुमाएर पूरा गर्‍यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पोखराले अब उपाधिका लागि चितवन टाइगर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोखरा पहिलो क्वालिफायर्समा चितवनसँग नै ९ विकेटले पराजित भएको थियो ।

अलराउन्ड प्रदर्शन गर्ने क्रममा रचिगले अविजित ५३ रन बनाउनुका साथै दुई विकेट लिए । १२० रनको लक्ष्य पछ्याएको पोखराले ३५ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । तर, रचिगे र विपीन रावलले चौथो विकेटका लागि ८८ रनको अविजित साझेदारी गरेपछि सहज जित हासिल गरेको हो ।

Royal Enfield Island Ad

रचिगेले ४४ बलमा सात चौका प्रहार गरे । विपीनले ३४ बलमा तीन चौका र एक छक्कासहित अविजित ४० रन बनाए । रिचार्ड लेभी १४ रनमा रन आउट भए । लोकेश बम शून्य र रित गौतम ६ रनमा पवेलियन फर्किएका थिए ।

भैरहवाका भुवन कार्कीले एक विकेट लिए ।

त्यसअघि, भैरहवाका लागि कप्तान शरद भेषावकरले सबैभन्दा बढी अविजित ३२ रन बनाएका थिए । भैरहवाले ९.५ ओभरमा ५१ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि शरदले आरिफ शेखसँग छैटौँ विकेटका लागि ४१ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ डोहोर्‍याएका थिए । आरिफले २७ रन बनाए । त्यसपछि शरदले धम्मिका प्रसादसँग सातौँ विकेटका लागि २७ रनको अविजित साझेदारी गरेका थिए ।

शरदले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ३२ रन बनाए । ओपनर रोहितकुमार पौडेलले १८, प्रदीप ऐरीले ११ र उपुल थरंगाले १० रन जोडे ।

पोखराका किशोर महतो र सहन राचिगेलेसमान दुई विकेट लिए भने नन्दन यादव र एसेला गुनरत्नेले एक/एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro