site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘मेरो देश, मेरै उत्पादन’को लोगो राष्ट्रपतिलाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

विराटनगर । स्वदेशी वस्तुहरूको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यसाथ सुरु गरिएको ‘मेरो देश, मेरै उत्पादन’को नेमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

‘मेरो देश, मेरै उत्पादन अभियान’को निमोनिक लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयुक्त प्रतिनिधिमण्डलले हस्तान्तरण गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

संघ र संगठनले सुरु गरेको अभियानअन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र हालै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरिएको संगठनले जनाएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा संघ र संगठनले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि सञ्चालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहने जनाइन् ।

Global Ime bank

यो अभियानमा ठूला उद्योगहरूका साथै सानास्तरमा सञ्चालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरूको उत्पादनलाई समेत समेटी देशव्यापी रूपमा अभियानलाई सार्थक तुल्याउनुपर्ने सुझाव उनले दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement