site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोक्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । दस खेलाडीमा सीमित बनेको बंगलादेशले आज साफ च्याम्पियनसिपमा भारतलाई १–१ को बराबरी रोकेको छ । 

बराबरीसँग चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । भारतको यो पहिलो खेल हो । एक अंक जोडेको भारत तेस्रो स्थानमा छ । तीन अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

भारतका कप्तान सुनिल क्षेत्रीले २६औँ मिनेटमा गरेको गोलबाट भारतले अग्रता लिएको थियो । उडन्तसिंह कुममले दायाँ कर्नरबाट दिएको ब्याक पासलाई सुनिलले गोलमा परिणत गरेका थिए । सुनिल क्षेत्रीको यो ७६औँ अन्तर्राष्ट्रिय गोल हो । 

५४औँ मिनेटमा भारतका रक्षक विश्वनाथ घोषले रातो कार्डको सामना गरेपछि बंगलादेश बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो । विश्वनाथले भारतका लिष्टन कोलाकोलाई फाउल गरेपछि रेफ्री अलशामरानी माजिद मोहम्मदले सिधै रातो कार्डको दर्शन गराएका थिए । 

Royal Enfield Island Ad

बंगलादेश दश खेलाडीमा सिमित भएको फाइदा भारतले उठाउन सकेन । ७४औँ मिनेटमा यासिन अराफतले बराबरी गोल फर्काएका थिए । उनले कर्नरबाट आएको पासलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

भारत साफ च्याम्पियनसिपमा सबभन्दा धेरैपटक उपाधि जित्ने टोली हो । भारतले सात पटक उपाधि जितेको छ । बंगलादेशले एकमात्र उपाधि जितेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro