site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिभुवन आर्मी समूह विजेता बन्दै क्वाटरफाइनलमा
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबले आज नयाँ बजार युवा क्लबलाई ३-० ले हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । त्रिभुवन आर्मी समूह 'सी' बाट  विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आर्मी क्लबले नयाँ बजारलाई २५-२२, २५-१७, २५-१५  सेटमा हराएको हो । हारका बाबजुद नयाँ बजार समूहको उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ। 

समूह 'सी' मा तीन टिम मात्र थिए।  आर्मी क्लबले दुई खेलबाट ६ अंक जोड्यो भने नयाँ बजारले ३ अंक जोड्यो।  यसअघि आर्मी क्लब र नयाँ बजार दुबैले कर्णाली प्रदेशलाई समान ३-० को सेटमा हराएको थियोे । 

आजको अन्तिम खेल सशस्त्र प्रहरी बल (एपीएफ) र बुढानीलकण्ठ भलिबल क्लबबीच हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय