काठमाडौं । त्रिभुवन आर्मी क्लबले आज नयाँ बजार युवा क्लबलाई ३-० ले हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । त्रिभुवन आर्मी समूह 'सी' बाट विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आर्मी क्लबले नयाँ बजारलाई २५-२२, २५-१७, २५-१५ सेटमा हराएको हो । हारका बाबजुद नयाँ बजार समूहको उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।
समूह 'सी' मा तीन टिम मात्र थिए। आर्मी क्लबले दुई खेलबाट ६ अंक जोड्यो भने नयाँ बजारले ३ अंक जोड्यो। यसअघि आर्मी क्लब र नयाँ बजार दुबैले कर्णाली प्रदेशलाई समान ३-० को सेटमा हराएको थियोे ।
आजको अन्तिम खेल सशस्त्र प्रहरी बल (एपीएफ) र बुढानीलकण्ठ भलिबल क्लबबीच हुनेछ ।