राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
“प्रतिनिधि सभा चलेन,” उनले भने, “ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नुपर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ ।”
उनले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै निर्वाचन आयोग पनि त्यस्तै रहेको आरोप लगाए ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८ १८:३३
प्रतिक्रिया दिनुहोस्