site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफ र न्यु डायमन्डको विजयी सुरुवात 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली एपीएफ र न्यु डायमन्ड एकेडेमीले राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेटमा २५–११ को जित निकालेको थियो । दोस्रो सेटमा २५–७ विजयी भएको एपीएफले अन्तिम सेटमा २५–६ को जित दर्ता ग¥यो ।

Prabhu Bank
Agni Group
NIC Asia

आज नै भएको दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–६ ले जित निकालेको न्यु डायमन्ड दोस्रो सेटमा २५–५ ले विजयी भयो । न्यु डायमण्डले अन्तिम सेटमा २५–१३ को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

प्रतियोगिताअन्तर्गत आज नै पुरुषतर्फका चार खेलहरू हुनेछन् । पुरुषको पहिलो खेलमा हेल्प नेपाल र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

Global Ime bank

त्यस्तै, दिउँसो २ बजे हुने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले क्लबले नयाँ बजार सामाजिक युवासँग प्रतिस्पर्धा गर्नेछ । खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

पुरुषको चौथो खेलमा एपीएफले बूढानीलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !