खेल
काठमाडौं । वर्षाका कारण पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल प्रभावित भएको छ । ११औँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित भएको हो ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखराले भैरहवासँग प्रतिस्पर्धा गरेको हो ।
वर्षाले खेल रोकिनुपूर्व पोखराले १० ओभर १ बलमा ६५ रन बनाएर सात विकेट गुमाएको छ । पोखराका लागि क्रिजमा रहेका विवेक यादवले १६ र विक्रम सोबले सात रन बनाएका छन् ।
भैरहवाका दुर्गेश गुप्ताले तीन विकेट लिँदा पोखरा कमजोर देखिएको हो । भैरहवाका लागि धमिका प्रसाद र अविनाश बोहोराले एक/एक विकेट लिएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ १५:०४
प्रतिक्रिया दिनुहोस्