site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फुटपाथका सामान जफत गरेर चार वर्षमा काठमाडौं महानगरले कमायो ५९ लाख 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न फुटपाथबाट व्यापारीको सामान जफत गरेर चार वर्षमा करिब ५९ लाख कमाएको छ । काठमाडौंका फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेर र फुटपाथ व्यापारीलाई जरिवाना तिराएर सो रकम कमाएको हो । 

ठेलागाडा, साइकललगायत फलामजन्य सामान लिलाम गर्दा रकम २३ लाख 
आन्तरिक प्रशासन शाखाको तथ्यांक अनुसार ०७५/७६ मा फलामजन्य सामान लिलाम गरिएको थियो । उक्त लिलाम बापत ५ लाख ७०० रुपैयाँ महानगरले कमाएको छ । यस्तै ०७६/७७ लिलाम गरिएका सामानबाट १८ लाख रुपैयाँ कमाएको छ ।
 
खाद्यन्न, कुहिने र फिर्ता दिन मिल्ने सामान फिर्ता दिए बापत ३५ लाख ७५ हजार जरिवाना  
प्रशासनको तथ्यांक अनुसार गत चार आर्थिक वर्षमा फुटपाथ व्यापारीबाट कुहिने सड्ने गल्ने सामान जफत गरी जरिवाना बापत ३५ लाख ७५ हजार २०० रुपैयाँ कमाएको छ । उक्त रकम नगरप्रहरीले फुटपाथ व्यापारीहरुबाट जफत गरी कुहिने तथा सड्ने गल्ने सामान फिर्ता गरे बापत तिराइएको जरिवाना हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष २०७४/७५ मा दुई हजार ४२८ फुटपाथ व्यापारी कारबाहीमा परेका छन् । उक्त व्यापारिहरुको फुटपाथको सामान जफतबाट २४ लाख १८ हजार जरिवाना तिराएको  प्रशासन शाखाको तथ्यांक छ  । यस्तै आर्थिक वर्ष ७५/७६ मा ८७५ जना व्यापारीहरु कारबाहीमा परे । उक्त फुटपाथ व्यापारीहरुबाट ५ लाख २१ हजार रुपैयाँ जरिवाना तिराएको छ । ०७६/७७ मा पनि ८७५ जना व्यापारी नै कारवाहीमा परे र ३ लाख ६७ हजार २०० रुपैयाँ जरिवाना तिराइयो । यस्तै ७७/७८ मा ५८५ जना नगरप्रहरीको कारबाहीमा परे । उनीहरुबाट २ लाख ६९ हजार जरिवाना उठाइयो । 

काठमाडौं महानगरपालिकाले चार वर्षदेखि दिनभरी फुटपाथमा व्यापार गरी विहान बेलुका गुजारा गर्नेहरुको साइकल, ठेलागाडा, खाद्यन्नलगायत सामग्रीहरु जफत गर्दै आएको छ । नगरप्रहरीले फुटपाथ व्यापारीको सामान जबरजस्ती उठाउँदा काठमाडौं महानगरपालिकाका नगरप्रहरीहरुको चौतर्फी आलोचना हुँदै आएको छ । 

Global Ime bank

महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले सहरी सौन्दर्यलाई कायम गर्न र पैदलयात्रुको बाटो अतिक्रमण गर्न फुटपाथको व्यापार उठाइने गरेको बताए । ‘‘फुटपाथ व्यापार उठाइएन भने पैदलयात्रुको बाटो अतिक्रमण हुन्छ । सहरी सौन्दर्य हराउँदै जान्छ । कुहिने खाद्यन्न, तरकारी, फलफूलजन्य वस्तुहरु जरिवाना तिराएर फिर्ता गर्छौं । तर गाडा, साइकल, कपडालगायत सामानहरु फिर्ता गर्दैनौँ । फुटपाथ व्यापारी आफैले बुझ्दैनन् । त्यसैले बल प्रयोग गरेरै भए पनि हाम्रो काम फुटपाथ उठाउने हो, उठाउँछौँ,” उनले भने । 

सापकोटाका अनुसार नगरप्रहरीले जफत गरेका सामाना आन्तरिक प्रशासन शाखा कार्यालयमा राख्ने गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७५ सालमा फुटपाथ र सडकबाट जफत भएका फलामजन्य सामान फिर्ता नदिने निर्णय गरेका थिए । उनले महानगरको कार्यपालिका बैठकबाट यस्तो निर्णय गराएका थिए । फुटपाथ व्यापार उठाइएन भने फुटपाथ अतिक्रमण बढ्ने र सहरी सौन्दर्यता हराउँदै जाने भएकाले यस्तो निर्णय गरेको महानगरको दाबी छ ।
 
जस अनुसार फलामजन्य सामान जरिवाना तिरेर फिर्ता दिन नमिल्ने प्रशासन शाखाका प्रमुख लिलाराज गाछामगरले जानकारी दिए । ‘‘कुहिने सड्ने गल्ने साामानहरु जरिवाना तिराएर फिर्ता गर्ने गरेका छाैँ ।  व्यापारीको सामान हेरेर २०० देखि ५०० रुपैयाँसम्म जरिवाना लिने गरिएको छ,” उनले भने  । 

गरिबको सामानबाट कमाएको रुपैयाँ कहाँ हुन्छ खर्च ? 
प्रशासन शाखाका अनुसार फुटपाथ जफत गरी जरिवाना र फलामजन्य सामान लिलाम गरी महानगरले कमाएको रुपैयाँ कहाँ खर्च हुन्छ भन्ने यकिन छैन । प्रमुख गाछामगर जरिवाना र लिलाम गरिएका सामान महानगरको राजस्व स्वरुप संकलन हुने हुँदा कहाँ खर्च हुन्छ भनी भन्न नसकिने बताउँछन् । ‘‘यो शिर्षक हामीलाई थाहा हुँदैन । बजेट अनुसार महानगरले कुन बजेट कहाँ खर्च गर्ने भनेर छुट्याउँछ । त्यसैअनुसार महानगरको बजेट अनुसार भिन्नभिन्न ठाउँमा खर्च हुन्छ,” उनले भने । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC