site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यो संविधानले संसदीय व्यवस्था सिध्याउँछ : दमननाथ ढुंगाना 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानले संसदीय व्यवस्था नै समाप्त पार्ने दाबी गरेका छन् ।

संविधान दिवसका अवसरमा आइतबार राजधानीमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले वर्तमान संविधान संशोधन वा खारेजी एउटा मात्र विकल्प हुन सक्ने जिकिर गरे ।

“यो संविधानमा जुन धाराले संसदीय व्यवस्थामा छेकबार लाग्छ, त्यही धाराले शेरबाहदुर देउवा प्रधानमन्त्री बनेका छन्,” ढुंगानाले भने, “संसदीय व्यवस्था जोगाउन दुईवटा विकल्प छन्, या त संशोधन या त खारेजी ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले संविधानको धारा ७६ (५) ले दलीय व्यवस्थालाई नै चुनौती गरेको बताए । ढुंगानाले वर्तमान संविधान संसदीय व्यवस्था र यसका मान्यताकै खिलाफमा रहेको भन्दै यो संविधान कुनै पनि समय दुर्घटनामा पर्ने बताए ।

“अहिलेको संविधान संसदीय सिद्धान्त र आधारभूत मर्मको पूरै खिलाफमा छ,” ढुंगानाले भने, “जसरी ०४७ सालमा संविधान सहिद भयो त्यस्तै हुने भय छ, यो त्यस्तो नहोस् ।”

Global Ime bank

प्रधानमन्त्रीको अघिल्तिर तोप पड्काउँदैमा संविधान दिवस हुँदैन
ढुंगानाले संविधान दिवस राजनीतिक पार्टीदेखि विद्यालय र सरकारका निकायहरुले पनि मनाउनुपर्ने भन्दै सरकार र राजनीतिक पार्टीले त्यस्तो नगरेको बताए । उनले आफ्नै पार्टी नेपाली कांग्रेसले संविधान दिवसको मर्म छुने गरी नमनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

“हाम्रो पार्टीले संविधान दिवस मनाउन सर्कुलर किन गरेन ? हाम्रो पार्टीले संविधानको मर्म किन बुझेन ?,” पूर्वसभामुख ढुंगानाले प्रश्न गरे, “प्रधानमन्त्री गएर सेनाले तोप पड्काएर मात्र संविधान दिवस मनाएर हुन्छ ?”

उनले संविधान भनेको के हो भनेर भनेर कनै नेताले छलफलसमेत नगरेको बताए । “संविधान दिवस किन मनाउने भन्ने कांग्रेसले सिकाउनु पर्दैन ?,” ढुंगानाले भने, “प्रत्येक वर्ष विद्यालय पुगेर मनाओस्, हरेक अधिकार त संविधानबाट सुरु हुन्छ नि !”

उनले संविधान दिवस किन र कसरी मनाउनुपर्छ भन्ने कुरा राजनीतिक पार्टी र सरकारका निकायहरुले स्थापिनत गर्नुपर्ने बताए । संविधानका कमी–कमजोरी औँल्याएका ढुंगानाले संविधानलाई सुधार गरेर लगे त्यही संविधान दीर्घकालसम्म रहने बताए ।

“हरेक संविधान पूर्ण हुँदैन, यसमा पनि खराबी छ,” ढुंगानाले भने, “अहिलेको संविधान कम्युनिस्ट पार्टी एमाले र माओवादीसँग मिलेर बनेको हो, यहाँ दर्शन बाझिएको छ । यहाँका कम्युनिस्टहरू हाम्रो व्यवस्था मान्ने हुन् कि हैनन्, अझै प्रस्ट भइसकेको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement