काठमाडौं । बायर लेभरकुसेनले आज औसबर्गविरुद्ध ४–१ को नतिजा निकाल्दै जर्मन बुन्डेसलिगा फुटबलमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै लेभरकुसेन शीर्ष स्थानमा यथावत् छ ।
दुई आत्मघाती गोल उपहार पाएको लेभरकुसेनका लागि प्याट्रिक सिच र फ्लोरियन विट्जले गोल गरे । इयागोको आत्मघाती गोलबाट लेभरकुसेनले तेस्रो मिनेटमा अग्रता लिएको थियो । १४औँ मिनेटमा फ्लोरियन नेडरलेच्नरले अर्को आत्मघाती गोल । नेडरलेच्नरले ३०औँ मिनेटमा औसबर्गका लागि पनि गोल गरे ।
तीन खेलबाट ७ अंक जोडेको लेभरकुसेन शीर्ष स्थानमा कायम छ । १ अंक जोडेको औसबर्ग रेलिगेसन क्षेत्रमा छ ।
बुन्डेसलगाका् अरू खेलमा फ्रेइबर्गले भीएफबी स्टुटगार्टलाई ३–२ ले हरायो । फ्रेइबर्गले पनि ७ अंक जोडेको छ ।
अर्मेनिया बेलेफिल्डले इन्ट्रयाक्ट फ्रांकफर्टसँग १–१ को बराबरी खेल्यो । मेइन्जले ग्रेउटर फ्रुथविरुद्ध ३–० को नतिजा निकाल्यो । एफसी कोल्नले बोचुमलाई २–१ ले हरायो ।