site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काबुल । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भिड लागेको छ ।

उनीहरू आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरू भागेर त्यहाँ आएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यसलगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरू त्यहीँ रहेका छन् ।

अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले सो कुरा बताएका छन् । काबुलका विभिन्न खुला क्षेत्र र विमानस्थलमा हजारौँ नागरिकको भिडभाड रहेको छ ।

Royal Enfield Island Ad

उता, अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् ।

आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ ।

उनीहरूलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको सो एजेन्सीले जानकारी दिएको छ ।

उपस्थित ठूलो संख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ । केही मात्रामा विदेशी नागरिकको संख्या घटेको भए पनि अझै धेरै मानिस त्यहाँ रहेका राजधानी काबुलबाट प्राप्त भएका समाचारमा जनाइएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro