site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किन थुप्रियो काठमाडौंमा फोहोर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका फेरि फोहोरमय बनेको छ । एक सातादेखि काठमाडौंका सडकमा थुपारिएको फोहोर उठाइएको छैन ।

निरन्तर वर्षा हुँदा र ल्यान्डफिल्ड साइटमा फोहोर भरिँदा काठमाडौंको फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“पटक–पटक फोहोर व्यवस्थापनमा चुनौती थपिँदै आएको छ । अहिले बर्खामा सडकका कारण पनि फोहोर उठाउन सकिएको छैन,” महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘‘अहिले विस्तारै विस्तारै फोहोर व्यवस्थापन भइरहेको छ । निरन्तर वर्षा हुँदा उक्त क्षेत्रको सडक बिग्रिएको थियो । त्यसैले फोहोरका गाडीहरु व्यवस्थापन केन्द्रसम्म जान पाएनन् । अहिले सहज भइरहेको छ, फोहोर उठिरहेको छ ।”

पटक–पटक फोहोर व्यवस्थापनमा समस्या आउने गरेकाले त्यसको दिगो समाधान गर्न पहल भइरहेको महानगरले जनाएको छ । “यसका लागि बञ्चरेडाँडामा ल्यान्डफिल्ड साइट बनाइरहेका छौँ । असोज अन्तिमसम्म बञ्चरेडाँडामा ल्यान्डफिल्ड साइट तयार भएपछि फोहोर व्यवस्थापन सहजै गर्न सकिनेछ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement