राजनीति
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् ।
विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।
नेपालको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए । प्रचण्डसमेत पुगेपछि तीन नेताहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
तस्बिर : गंगा दाहालको फेसबुकबाट
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ ११:५६
प्रतिक्रिया दिनुहोस्