site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउन १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिनै लाग्दा साउनदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयले यस्तो तयारी थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे छलफल गरिने बताए । उनले भने, ‘‘सर्वसाधारणको हकहितमा हामीले निरन्तर निषेधाज्ञा खुकुलो पार्दै आएका छौँ । यसपछिको निषेधाज्ञा थप खुकुलो पार्ने विषयमा छलफल चलिरहेको छ । सर्वसाधारण नागरिकले दुःख पाएका छन् । लामो दूरीका सार्वजनिक सवारी सञ्चालन नहुँदा विद्यार्थी, सर्वसाधारण मारमा परेका छन् । यसप्रति हाम्रो ध्यान गएको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले अहिले नै निषेधाज्ञाको बारेमा थप भन्न नसकिने बताए । ‘‘हामीले छलफल गरिरहेका छौँ । विद्यालय, पार्टी प्यालेस, स्वीमिङ पुल, मठमन्दिर, सिनेमा हलको हकमा पहिलेकै नियम कायम राखिनेछ । यद्यपि, छलफल भइसकेको छैन,” उनले भने ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ । पछिल्लो समय उपत्यकामा थप गरिएको निषेधाज्ञा असार ३१ गते सकिँदै छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro