site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एसियाली विकास बैंकको नेपाल निर्देशकमा आर्नो कोस्वा नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ । एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो ।

कन्ट्री निर्देशकका रूपमा उनले नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीतिगत छलफल÷वार्ता गर्नेछन् । यस्तै, एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन, निरीक्षण गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका लागि कन्ट्री डाइरेक्टरमा नियुक्त भएपछि कोस्वाले भने, “म साझेदारीमा अगाडि बढ्न चाहन्छु र सरकार, विकास साझेदारहरु र नेपालको विकास एजेन्डा एवं गरिबी न्यूनीकरण प्रयासलाई सहयोग पुर्‍याउन अन्य सरोकारवालाहरुसँग मिलेर काम गर्ने आशा गर्दै छु ।”

उनले तत्कालको प्राथमिकता कोभिड–१९ ले नेपाललाई पारेको तत्कालीन र दीर्घकालीन स्वास्थ्य, आर्थिक र सामाजिक प्रभाव न्यूनीकरणका लागि हुने पनि बताएका छन् ।

Global Ime bank

कोस्वा एडीबीमा विगत १५ वर्षदेखि आवद्ध छन् भने तीन दशक बढी समयदेखि विभिन्न व्यावसायिक क्षेत्रमा काम गरेको अनुभव छ । जलस्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका फ्रान्सेली नागरिक कोस्वा २००५ मा ग्रामीण विकास विशेषज्ञको रूपमा एडीबीमा प्रवेश गरेका हुन् ।

यसअघि, उनले भारत, नेपाल, र श्रीलंकाका लागि प्रमुख जलस्रोत विशेषज्ञको रूपमा काम गरिसकेका छन् भने एडीबीको भारत मिसनमा पनि काम गरिसकेका छन् । यसअघि, उनले ६ वर्ष एडीबीको नेपाल मिसनमा रहेर पानी व्यवस्थापन प्रणाली सुधारको नेतृत्वसमेत गरेका थिए ।

एडीबीमा आउनुअघि कोस्वाले अफगानिस्तानमा युरोपियन आयोगको ग्रामीण विकास सल्लाहकारको रूपमा काम गरेका थिए । एडीबी नेपालको दीर्घकालीन विकास साझेदार हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय