site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गोपिचन्द्र पार्कीको विषयमा लोकतान्त्रिक खेलकुद संघको ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले एथलेटिक्सका गोपीचन्द्र पार्कीलाई सहभागी गराउन नसक्ने भन्दै अन्य खेलाडीलाई प्रतियोगितामा पठाउने विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गृष्मकालीन ओलम्पिक प्रतियोगिताको संघारमा सहभागी जनाउने खेलाडीको विषयमा गैरजिम्मेवार कार्य भएको आपत्ति जनाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

म्याराथनमा कोटाभन्दा बढी आवेदन परेको भन्दै प्रतियोगिता सुरु हुनु भन्दा तीन हप्ता अघि गोपीचन्द्रलाई बाहिर राख्दै सरस्वती चौधरीलाई ओलम्पिकमा सहभागी गराउने निर्णय भएको छ ।

“ओलम्पिक सुरु हुनुभन्दा २० दिन अघि मात्रै कोटा परिवर्तन भएको जानकारी पठाएको भन्ने व्यहोराको पत्रमा नेपाल एथलेटिक्स संघका अध्यक्ष, राखेप सदस्य सचिव र नेपाल ओलम्पिक कमिटिका अध्यक्षको सामूहिक हस्ताक्षर सहितको विज्ञप्तिमा दिइएको स्पष्टिकरणले यस विषयलाई अझै शंकास्पद र गैह्र जिम्मेवार कार्य भएको भन्ने पुष्टि गरेको छ । आफ्नो गल्ती र कमीकमजोरीका कारण यदि कुनै खेलाडीको भविष्यमाथि खेलवाड गरिएको हो भने यो क्षमदायी हुने विषय पक्का होइन,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank


NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय