site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोकपमा आज दुई खेल 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् । प्रि–क्वाटरफाइलन खेल अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् । प्रतियोगितामा चार टोलीले यसअघि क्वाटरफाइलनमा स्थान बनाइ सकेका छन् ।
 
आज हुने पहिलो खेलमा स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने योजनामा हुने छ ।
 
पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । विश्वकप फुटबल २०१८ को उपविजेता टोली क्रोएसिया आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ । 

स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज नै हुने दोस्रो खेलमा फ्रान्सले स्विजरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने योजनामा छन् । 

दुई पटकको युरोकप फुटबल विजेता टोली आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछन् । आजको खेलमा जित निकाल्दै दुबै टोली वाटरफाइनलमा पुग्न चाहन्छन् ।

Royal Enfield Island Ad

फ्रान्स स्विजरल्यान्ड्सभन्दा तुलनात्मक रुपमा बलियो टोली हो । साविक उपविजेतासमेत रहेको फ्रान्स समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।
  
स्विट्जरल्यान्डले समूह ‘ए’बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । 

विश्वकप फुटबल विजेता फ्रान्स आजको खेलमा जित निकाल्ने योजनामा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro