site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आयोगको निर्णयप्रति बाबुरामको कटाक्ष– ‘दुवै चोर हुन्, मिलेर बस्नू भन्ने ?’

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुवै पक्षले गरेको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आयोगले आइतबार जसपाको दुवै पक्षले गरेका कारबाहीको निर्णय अध्यावधिक गर्न अस्वीकार गरेको थियो । आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर आयोगले दुवै चोर हुन मिलेर बस्नु भन्ने आशयको निर्णय गरेको भन्दै कटाक्ष गरेका छन् ।

“खड्गप्रसाद एण्ड कम्पनीको नायकका विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू । मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू ! वाह !,” उनको कटाक्ष छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष र अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगलाई पत्र पठाएका थिए । तर, आयोगले दुवैको निर्णय वैधानिक नभएको भन्दै कसैको कारबाहीलाई मान्यता दिन नसिकने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro