site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वास्थ्यमन्त्री तामाङको नाममा छैन निजी गाडी !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । सार्वजनिक गरिएको विवरणमा तामाङको नाममा कुनै पनि चारपांग्रे सवारी–साधन नभएको उल्लेख छ  ।

विवरणमा मन्त्री तामाङकी श्रीमती उषाकला राईको नाममा बा५च २९७४ नम्बरको कार रहेको र तामाङको नाममा बा५प ५२५७ नम्बरको मोटरसाइकल रहेको उल्लेख छ । त्यस्तै, काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–८ मा अढाईतले घरसहित मोरङमा दुई बिघा र खोटाङमा १०५ रोपनी जग्गा श्रीमती उषाकलाकै नाममा रहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकमा १७ रोपनी अंशबापतको र काठमाडौंमा ६ आना पुर्ख्यौली जग्गा रहेको उल्लेख गरिएको छ । त्यस्तै, तामाङको नाममा दुई लाख १६ हजार रुपैयाँ मौज्दात र पाँच लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ । श्रीमती उषाकलाको नाममा भने १५ लाख बराबरको सेयर र एक लाख ११ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख छ ।

मन्त्री तामाङले सार्वजनिक गरेको विवरणमा २२ तोला सुन सम्पत्तिको रुपमा रहेको तथा विभिन्न बैंकमा गरी ७१ लाख रुपैयाँ ऋण रहेको समेत उल्लेख छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !