खेल
काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा चिलीले बोलिभियासँग बराबरी खेल्दै अंक बाँडेको हो ।
चिलीले बोलिभियासँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेका चिली र बोलिभियाले दोस्रो हाफमा गोल गरे ।
खेलको ६९औँ मिनेटमा इरिक पुल्गरले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । ८२औँ मिनेटमा बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमामार्फत बराबरी गोल फर्काए ।
बराबरीसँगै चिली ६ खेलबाट ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ । बोलिभिया ५ अंकसहित आठौँ स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८ १२:०५
प्रतिक्रिया दिनुहोस्