फोटो फिचर
काटमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शन गरेको छ । काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेका हुन् ।
सरकारको विरोधमा नारा लगाएका उनीहरूले सो नीति फिर्ता लिन माग गरका थिए ।
जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा व्यापार घाटा कम गर्न भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने रणनीति लिइएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।
सबै तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ १५:५०
प्रतिक्रिया दिनुहोस्