site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको जग भत्काएर ढुंगा बेच्ने अर्थमन्त्री

काठमाडौं । मानिस पहिले साधारण आर्थिक अवस्था, साधारण पारिवारिक पृष्ठभूमि र सानो सपना लिएर राजनीतिमा प्रवेश गर्छन् । त्यही व्यक्ति जब राजनीतिमा सफल हुन थाल्छ, अनि उसलाई पुरानो अवस्थामा फर्कनुपर्ला भन्ने डर बढ्न थाल्दछ ।

उसलाई नाम, दाम र इज्जतको बानी बस्छ । जो यस मोहबाट हट्न सक्दैनन् उसले पदमा टिक्न र पैसा कमाउनका लागि कुनै पनि सम्झौता गर्न पछि हट्दैन । आफ्नो सफलताको लागि देशै बेच्नु परेता पनि तिनलाई परवाह हुँदैन । 

आज हामी एक यस्तो व्यक्तिको विषयमा प्रतिवाद गर्न गइरहेका छौं जसबाट यस प्रकारको व्यवहार हुँदैन भन्ने विश्वास थियो । एक साधारण पृष्ठभूमिबाट कम्युनिष्ट आन्दोलनमा होमिएका विष्णु पौडेल । 

Dabur Nepal

उनीबाट देशको अस्तित्व नै संकटमा पर्ने यस प्रकारको निर्णय होला जस्तो लागेको थिएन । सायद उनका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो बनाउन होला वा भारतीय क्रसर उद्योग माफियाको प्रभाव धेरै भएर होला, उनले नेपालको ढुंगा, गिट्टी र बालुवा भारतमा निर्यात गर्न सकिने प्रावधान बजेटमा व्यवस्था गरे । 

आज हामी अर्थमन्त्री विष्णु पौडेलको सोही निर्णयका विषयमा प्रतिवाद गर्दैछौं ।

नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र  पौडेलले अर्थ मन्त्रालय सम्हालेपछि उनीभन्दा अघिल्ला अर्थमन्त्रीभन्दा धेरै राम्रो काम गरेका थिए । देशको अर्थतन्त्र बलियो बनाउन उनको भूमिका सकारात्मक हुन्छ भन्ने विश्वासले गर्दा नेपालको स्टक मार्केट पनि लगातार उकालो लाग्दै आएको छ । 

गत हप्ता उनले प्रस्तुत गरेको बजेटमा पनि उनले सांसद कोष खारेज गरे, जुन निर्णयले नेपालमा सांसदको भूमिकालाई सही बाटोमा ल्याउन निकै मद्दत गर्नेछ । बिजुली कारको सन्दर्भमा सकारात्मक निर्णय गरे । विश्वका उत्कृष्ट दश विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीलाई नेपालमा कारखाना खोल्न आकर्षित गर्ने घोषणा गरे । उनले उद्योगमा ऋण ब्याजदरमा छुट र साना उद्यमीलाई करका दरमा छुट पनि प्रदान गरे । 

यति सबै गर्दा गर्दै किन नेपालको वातावरणमा अत्यन्त प्रतिकूल प्रभाव पर्ने निर्णय लिए ?  

प्रस्तुत छ, यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro