देश

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले निषेधाज्ञालाई राजनीतिक गतिविधिसँग नजोड्न आग्रह गरेका छन् । कतिपय नेतृत्व पङ्क्तिबाट सरकारले रानीतिक गतिविधि रोक्न निषेधाज्ञाको प्रपञ्च गरेको भन्दै हिँडेको सुनिएको भन्दै उनले यस्तो प्रचार गरेर संक्रमण बढाउन सहयोगी नबन्न आग्रह गरेका छन् ।
जनताको ज्यान जोगाउनु सरकारको अहिलेको प्राथमिकता भएकाले सबैलाई त्यसमा एकजुट भएर लाग्न राज्यका सबै अंगलाई आग्रह उनले गरे । राजनीतिक दलहरूबीच मत मतान्तरलाई अहिले पन्छाएर अघि बढ्न आग्रह गर्दै मन्त्री त्रिपाठीले भने “जनताको ज्यान जोगाऔँ राजनीति गर्दै गरौँला ।”
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८ १७:१४
प्रतिक्रिया दिनुहोस्