site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् बैठकमा जब प्रधानन्त्रीले भने– सर्वोच्चले मुड अफ गराइदियो

काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकमा धेरै कार्यसूची थिएन । एक मन्त्रीहरूका अनुसार कोभिड १९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेश र शपथसम्बन्धी अध्यादेश सिफारिस गर्नुथियो ।

कानुन नहुँदा कोभिड संकट व्यवस्थापनबारे ठूला निर्णय गर्न नसकेको सरकारको बुझाइ थियो । शपथबारे त संघीय कानुन नै थिएन । त्यसैले अध्यादेश अपरिहार्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क थियो ।

मन्त्रिपरिषद् बैठकपूर्व एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको थियो । दुई बजे बोलाइएको बैठक सवातिर सुरु भयो ।

बैठकमा हेटौडामा जारी राष्ट्रिसभाको उपनिर्वाचनबारे छलफल नहुने कुरै भएन । एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भोट हाल्छ भन्ने विश्वास थिएन । तर, पार्टी एकता प्रयास भइरहेकाले निर्देशन मानी पो हाल्छन् कि भन्ने थियो ।

तर, खनाल–नेपाल समूहले लाइन लागेर पार्टीको निर्देशन अवज्ञा गर्दै आफ्नो उमेदवार डा. खिमलाल देवकोटाको पक्षमा उभिएपछि बैठक कठोर बन्नुपर्ने निष्कर्षमा पुग्यो । केही सदस्यहरूले भर्त्सना नै गरे ।

अन्तिममा स्थायी कमिटी बैठकले निर्णय नै त्यही गर्‍यो ।

हेटौडामा जारी उपचुनावले प्रधानमन्त्रीलाई रन्का छुटाएकै थियो, स्थायी कमिटी बैठक चलिरहँदा सर्वोच्च अदालतले गैर सांसद मन्त्रीहरूको नियुक्ति बदर गरिदियो ।

त्यसले प्रधानमन्त्रीको मुड अफ गराइदिएको एक मन्त्री बताउँछन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मुड अफ् भयो । केही अध्यादेशसम्बन्धी निर्णय गरौँ भनेको एक मन्त्रीले बताए ।

“सर्वोच्च अदालतको फैसलाले मेरो आज मुड अफ् छ । संसद्मा विश्वासको मत लिन सकिँदैन । अब धारा ७६(५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ला,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्री थप्छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro