site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संक्रमितकाे घरमै पुगेर हौसला दिँदैछन् इटहरीका जनप्रतिनिधि : उपमेयर औषधि लग्छन्, मेयर अक्सिजन सिलिन्डर
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम संक्रमितको घरमा औषधि दिदैँ । तस्बिर : लिलाराज भट्टराई
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको इटहरी–७ का केशव बस्नेत कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् । उनलाई एक्कासिन श्वास फेर्न गाह्रो भए जस्तो भयो । यो खबर इटहरी अस्पतालका इञ्चार्ज रामकुमार धमला समक्ष आइपुग्यो । कोभिडका बेला स्वास्थ्य समस्या परेका बेला धमलाले परामर्श दिने गरेका छन् । 

बस्नेतको समस्याबारे उपमेयर लक्ष्मी गौतमलाई जानकारी गराइयो । त्यसपछि गौतमको नेतृत्वमा चिकित्सकसहितको टोली बस्नेतको घर पुग्यो । आँगनबाहिरैबाट उपमेयरले औषधिको पोको टाटीमा झुन्ड्याइ दिइन । इन्चार्ज धमलाले झोलाको औषधि सेवन गर्न लगाए । औषधिले बस्नेतलाई श्वास प्रश्वासमा सहज भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

इमरजेन्सी इञ्चार्ज धमलाले तनाव नलिन र मनोबल उच्च बनाउन सल्लाह दिए । थप समस्या भए तत्काल उपमहानगरको स्वास्थ्य टोलीलाई टेलिफोन गर्न भने । चिकित्सक र स्थानीय सरकारका प्रतिनिधि घरमै आइपुग्दा बस्नेत खुसी देखिन्थे । उनले हात जोडेर नमस्कार गर्दै अभिवादन गरे । 

इटहरीकै पत्रकार कृष्ण भट्टराईलाई दोस्रोपटक कोरोना संक्रमण भयो । उनी घरमै होम आइसोलेसनमा छन् । उप–प्रमुख गौतमले फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । अप्ठ्यारो भए सम्पर्क गर्न आग्रह गरिन् । भट्टराईले भने, “उपमेयरले फोन गर्नुभयो । स्वास्थ्य अवस्थाबारे जानकारी माग्नुभयो । र, समस्या भए टेलिफोन गर्न भन्नुभयो । उपमेयरले नै स्वास्थ्यबारे जानकारी लिँदा निक्कै आनन्द मिल्यो ।”

Global Ime bank

इटहरी उपमहानगरको स्वास्थ्य शाखाले अहिले होम आइसोलेसनमा रहेका संक्रमितको अवस्था बुझ्न प्रत्यक्ष भेटघाट गर्ने र टेलिफोन गरेर बुझ्ने काम गरिरहेको उपमेयर गौतमले बताइन् । “हामी स्थानीय सरकार भएको नाताले पनि आफ्ना नगरवासीको समस्या बुझ्न र हौसला बढाउने काममा सक्रिय भएका हौँ,” उनले भनिन् ।

महामारीमा जनप्रतिनिधि नागरिकको घरदैलोमै पुगेको देखेर मतदाता पनि खुसी छन् । इटहरी ४ का सन्तोषराज भटटराईले भने, “हामीले भोट दिएका जनप्रतिनिधिले हामी समस्या परेका बेला सोधखोज गर्नु सकारात्मक हो ।” 

उपमहानगरले क्षेत्रीय रंगशालामा ५० शैयाको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेको छ । ६ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । हाल उपमहानगरमा ८४१ जनामा संक्रमण पुष्टि भएको छ । १२ जनाको मृत्यु भएको छ । १६८ जना संक्रमणमुक्त भएका छन । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली संक्रमितलाई समस्या परे आफैं अक्सिजन सिलिन्डर बोकेर घर घर पुग्छन् । कतिपयलाई अस्पताल भर्ना गराउन आफैं खटिन्छन् । पराजुली भन्छन्,“महानगरको प्रमुखको हिसाबले हामीले होम आईसोलेसनमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरेका छौं ।” पराजुलीका अनुसार वडाहरुले संक्रमितलाई औषधिको पोकासमेत पठाउने गरेका छन । विराटनगरमा ज्येष्ठ नागरिकको स्वाब मोबाइल भेनमार्फत घरमै गएर संकलन गर्ने व्यवस्था पनि गरिएको छ । 
मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आइसोलेसन निर्माण गर्न आफैँ अक्सिजन सिलिन्डर तथा आवश्यक उपकरण बोकेर राजघाटस्थित स्वास्थ्य कार्यालय पुगे । त्यहाँ नगरपालिकाले अक्सिजनसहितको ११ बेडको आईसोलेसन शुरु गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC