site stats
बाह्रखरी :: Baahrakhari
विशेष
नारायणकाजी भन्छन्– अब हामीले अरूको विरोधमा समय खेर फाल्नु हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेता कार्यकर्ताले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन् ।

एमाले विवाद मिल्ने दिशातिर अग्रसर भएपछि उनले फेसबुकमा भनेका छन्, “नेकपा (एमाले)का कमरेडहरूलाई बधाई तथा शुभकामना ! हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरू ,मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरूपमा वैचारिक सांस्कृतिक रूपान्तरण र संगठनात्मक   सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्ने उनले औंल्याएका छन् । 

“वैचारिक छिपछिपेपन, विधिपद्धतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ,” उनले थप व्याख्या गरेका छन्, “त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौँ ।”

विचलन, निराशा र निश्क्रियता क्रान्तिकारी गुणचरीत्र नभएको उनले प्रष्ट पारेका छन् । “घिसिपिटेपन  र तदर्थवादबाट फड्को नमारिकन पनि आजको आवश्यकता पूरा गर्न सकिने छैन,” उनी भन्छन्, “तत्कालै भने सिङ्गो पाटी पंक्ति कोरोना महामारी सङग जुझ्न स्वयम्सेवामा जुटौं ।”

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्