site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डर्टमण्डलाई जर्मन कपको उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । जर्मन माहारथीले सहज जित निकाल्दै जर्मन कपको उपाधि जितेको हो । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४–१ गोल अन्तरले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो ।

डर्टमण्डलाई उपाधि दिलाउन जाडोन सान्चो र अर्लिङ हालाण्डले दुई/दुई गोल गरे । लाइपजिगका डानिल ओल्मोले एक गोल फर्काए । डर्टमण्डले पाँचौ पटक जर्मन कपको उपाधि जित्न सफल भएको छ । पहिलो पटक डर्टमण्डले १९६५ मा जर्मन कप जितेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको पाँचौं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । हालान्डले २८ औं मिनेटमा गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । सान्चोले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए ।
 
७१ औं मिनेटमा डानिलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए । ८७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४–१ को जित दिलाए ।

बुन्डेस लिगा फुटबलमा कमजोर बनेको डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जित्न सफल भएको हो । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC