काठमाडौं । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइलनमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगमा २–० गोलले हराउँदै फाइनलमा स्थान बनायो ।
घरेलु मैदानमा सिटीले समग्रमा ४–१ नतिजा निकालेको हो । पहिलो लेगमा सिटीले पीएसजीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको थियो ।
चेल्सीलाई जित दिलाउन रियद मरेजले दुई गोल गरे । उनले पहिलो हाफको ११ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप एक गोल गरेको थियो । ६३ औं मिनेटमा मेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
योसँगै पेपे ग्वार्डिवालाको प्रशिक्षकत्वमा सन् २०१०–११ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा प्रवेश गरेको हो ।
सिटीले अब रियल र चेल्सीबीचको विजेतासँग फाइनल खेल्ने छ ।