site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आन्तरिक राजस्व विभाग भन्छ– सरकारले कुनै निर्णय नगरे कर तिर्नुपर्छ, नतिरे जरिवाना लाग्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कुनै निर्णय नगरे निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना हुने आन्तरिक राजस्व विभागले जनाएको छ । विभागले अहिले अनलाइनको माध्यमबाट नै राजस्व तिर्न सकिने भएकोले सकेसम्म व्यवसायीकलाई कर तिर्न आग्रह गरेको छ ।

अहिलेसम्म सरकारले कुनै निर्णय नगरेर र कर तिर्ने मसय थप नहुने हो भने कर नतिर्नेलाई कानुनबमोजिमको जरिवाना लाग्ने विभागका महानिर्देशक झक्कप्रसाद आचार्य बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारले कर तिर्ने समय थप गर्ने कुनै निर्णय गरेको छैन । यदि, सरकारले कुनै निर्णय गरेर भने तोकिएको समयमा कर तिर्नुपर्छ, नतिर्नेलाई कानुनबमोजिम लाग्ने जरिवाना लग्छ,” महानिर्देशक आचार्यले  बाह्रखरीसँग भने ।

चैतमा मूल्य अभिवृद्धि कर (भ्याट) वैशाख २५ गतेभित्र तिर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकासहित मुख्य–मुख्य सहरमा निषेधाज्ञा भएकोले र व्यापार–व्यावसाय बन्द भएकोले व्यापारी–व्यवसायी कर कसरी तिर्ने भन्नेमा रहेका छन् । आन्तरिक राजस्व विभागले कनेक्ट आईपीएसका माध्यमबाट एकपटकमा १० लाखसम्म कर तिर्न सकिने र विवरण भेरिफिकेसन पनि अनलाइन नै हुने भएकोले सकेसम्म कर तिर्न आग्रह गरेको छ ।

Global Ime bank

यद्यपि, सरकारले कर तिर्न समय थप गर्ने निर्णय गरेमा भने विभागले सोहीअनुसार काम गर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC