site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नास्टले ४२ वर्षमा सरकारबाट पायो पाँच अर्ब, ३०० जनाभन्दा धेरै पुरस्कृत

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार आफ्नो ४२औँ वार्षिकोत्सव मनाएको छ । बिहीबार खुमलटारस्थित केन्द्रीय कार्यालयमा मनाइएको वार्षिकोत्सव समारोहमा नास्टका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले प्रतिष्ठानले अनुसन्धान र प्रर्वद्धनका क्षेत्रमा काम गर्दै आएको बताए ।

वार्षिकोत्सव कार्यक्रममा नास्टले विज्ञान तथा प्रविधिका १२ विधामा ५६ जनालाई पुरस्कृत गरेको छ ।

Dabur Nepal
NIC Asia

नास्टले ४२ वर्षमा उपलब्ध सीमित स्रोत–साधनका बाबजुद देशमा वैज्ञानिक चेतना प्रसार गर्न र देशभित्र उपलब्ध जनशक्तिलाई अनुसन्धानका लागि उत्प्रेरित गर्न काम गरिरहेको जनाएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानकी सहकुलपनि विद्या भट्टराईको पनि उपस्थिति थियो ।

नेपाल सरकारबाट ४२ वर्षको इतिहासमा करिब चार अर्ब ९० करोड बजेट प्राप्त गरेको नास्टले बताएको छ । उक्त बजेटबाट ३०० भन्दा बढी व्यक्तीहरूलाई पुरस्कृत गरिएको र सोही संख्यामा अनुसन्धान अनुदान पनि प्रदान गरेको नास्टको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा.डा. बिनिल अर्यालको पनि उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro