site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेलझुन्डी अस्पतालमा बेड थपियो
Sarbottam CementSarbottam Cement

दाङ । दाङको  बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यसअघि पाँचवटा आईसीयू र एचडीयू गरी ३५ बेड थिए ।

बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि आईसीयू बेड १०, एचडीयू ५० र साधारण बेड ४० वटा गरी अस्पतालमा बेड संख्या १०० पुर्‍याइएको छ । तर, अक्सिजन पर्याप्त नहुँदा ५५ वटा बेड मात्रै सञ्चालनमा ल्याइएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, ३५ बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको बरान्डामै राखेर उपचार गरिएको थियो । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कार्यालयका सहप्रशासक तथा अस्पताल व्यवस्थापन सदस्यसचिव विनयकुमार पोखरेलका अनुसार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय दाङ, पालिकाका जनप्रतिनिधि, नागरिक समाजको विशेष आग्रहमा विश्वविद्यालयले माथिल्लो फ्लोरसमेत अस्पताललाई उपयोग गर्न दिएको हो ।

कोरोना संक्रमण घटेपछि विश्वविद्यालयले तल्लो फ्लोर मात्रै अस्पताललाई उपयोग गर्न दिएको थियो । माथिल्लो फ्लोरमा विश्वविद्यालयले विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको थियो । हाल उक्त कोरोना विशेष अस्पतालमा ४८ जना उपचाररत छन् । अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारीअनुसार थप जनशक्ति थप्ने तयारी गरिएको छ ।

Global Ime bank

यसैगरी, तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर–८, अश्वारामा ५० बेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार आइतबारबाटै आइसोलेसन सञ्चालनमा ल्याइनेछ ।

बबई गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हापुरे प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको जनशक्ति परिचालन गरी सोमबारबाट अस्पतालको सेवा सुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार श्रीगाउँ स्वास्थ्य केन्द्रमा १० बेडको आइसोलेसन केन्द्र निर्माण गरिएको छ । आइसोलेसनमा दुईजना कोरोना संक्रमित उपचाररत छन् । अध्यक्ष चौधरीका अनुसार बेड थप गर्ने तयारी गरिए पनि अक्सिजनको अभावका कारण समस्या देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय