विराटनगर । पत्रकारिता दिवसको अवसर पारेर कोसी प्रदेश सरकारले पाँच पत्रकारलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक कार्यक्रम गरी पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा विराटनगरका पत्रकार अनन्तराज न्यौपाने, झापाका भीम नेम्वाङ, उदयपुरका महेश्वर चाम्लिङ, धनकुटाका रमेशचन्द्र अधिकारी र सुनसरीका पीबी दियाली छन् । उनीहरूलाई मुख्यमन्त्री केदार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले नगद एक लाख रुपैयाँसहित सम्मान गरे ।
मन्त्रालयका सचिव लक्ष्मी पौडेलले सञ्चार र पत्रकारिता क्षेत्रको उन्नयनमा सहयोग गर्ने पत्रकारलाई सम्मान गरिएको बताए । कोसी सरकारले पत्रकारिता दिवसको अवसरमा हरेक वर्ष पत्रकारलाई सम्मान गर्दै आएको छ ।