site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसै साता इराकले नेपाललाई मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव गरेको थियो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । 

इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल अ‍ागामी जेठ १५ (मे २९) मा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकप छनोट खेलको तयारी गरि रहेको नेपालले इराकसँग खेल्न लागेको हो । नेपाली फुटबल टोलीले पछिल्लो सयम उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। 

नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

Global Ime bank

प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :
गोलकिपर –
किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास

मिडफिल्डर – त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय