site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, एकैदिन ३,२९३ को मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण भारतमा दुई लाख एक हजार १८७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन हजार २९३ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहर फैलिएपछि एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिलो पटक हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही अवधीमा तीन लाख ६० हजार ९६० कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् । 

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । 

Global Ime bank

भारतमा हालसम्म एक करोड ७९ लाख ९७ हजार २६७ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । 

संक्रमितको उपचारका लागि भारतलाई स्वास्थ्य सामग्री अरु देशले सहयोग गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय