site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री मोदीको आरोप– भारतमा सबैभन्दा बढी महंगी इन्दिरा गान्धीको पालामा
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्र भएपछि सबैभन्दा बढी महंगी इन्दिरा गान्धीको पालामा भएको आरोप लगाएका छन् । सोमबार एक समाचार च्यानललाई अन्तर्वार्ता दिने क्रममा विपक्षीले महंगी, बेरोजगारी र नोकरीको विषयमा प्रधानमन्त्री नबोलेको भन्ने आरोप लगाएको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सो बताएका हुन् ।

जवाफ दिने क्रममा मोदीले आफूले एलईडी बल्ब ल्याएको र यसले हरेक परिवारको बिजुलीको बिल औसत रूपमा कम भएको जनाएका छन् । “जब उनको सरकार थियो, अढाइ लाखसम्म कर तिर्नुपर्दैनथ्यो । आज सात लाखसम्म आय कर तिर्नुपरेको छैन । अर्थात् हजारौं रुपैयाँ बचत भइरहेको छ,” उनले भनेका छन्, “हामी पाँच लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउँछौँ । आज जुन औषधि बजारमा १०० रुपैयाँमा पाइन्थ्योे, त्यसलाई हामी अहिले २० वा १० रुपैयाँमा दिइरहेका छौँ । यसले गर्दा जनतालाई आर्थिक भार कम भइरहेको छ । ८० करोड मानिसले निःशुल्क अनाज पाइरहेका छन् ।”

उनले देशमा सबैभन्दा बढी महंगी इन्दिरा गान्धीको पालामा भएको बताउँदै  सोही क्रममा जवाहरलाल नेहरू र राजीव गान्धीको पनि नाम लिए । प्रधानमन्त्री मोदीले भने, “तपाईं जवाहरलाल नेहरू, इन्दिरा गान्धी र राजीव गान्धीको लाल किल्लाको भाषण सुन्नुस् । हाम्रो जवाफ सुन्नु पर्दैन । लाल किल्लामा पण्डित नेहरूले देशमा महंगी ज्यादै बढेको बताएका छन् ।  तपाईंहरूलाई थाहा हुनुपर्छ कि नर्थ र साउथ कोरियाको लडाईं भइरहेको छ, यसले गर्दा महंगी बढिरहेको छ ।”

अझै प्रधानमन्त्री मोदीले भने, “त्यो बेलामा ग्लोबलाइजेसन नै थिएन । उत्तर र दक्षिण कोरियाको लडाईंले कुनै पनि देशको अर्थतन्त्रमा  प्रभाव पर्ने अवस्था थिएन । त्यो समयमा पनि बहाना बनाइन्थ्यो । अहिले भइरहेका लडाईंले इन्धन, खाद्यान्नलगायतमा असर पारिरहेको हुन्छ ।” 

यस परिस्थितिमा आफ्नो सरकारले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा राखेका र महंगी बढ्न नदिएको प्रधानमन्त्री मोदीको दाबी छ । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro