site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की
फाइल तस्बिर

नयाँ दिल्ली । पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाई बोलाएको छ । इमेलमा प्राप्त धम्कीले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो । प्रहरी कारबाहीमा उत्रिएको छ र खोजी गर्न विद्यालयमा धेरै बम डिस्पोजल स्क्वाड र स्निफर कुकुरहरू पठाएको छ ।

तथापि, अहिलेसम्म शकास्पद केही पनि फेला परेको छैन । प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो । जयपुरका पुलिस कमिश्नर बिजु जर्ज जोसेफले मिडियालाई चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको जानकारी दिए ।  प्रहरी विद्यालयहरूमा पुगिसकेको छ । 

Dabur Nepal
NIC Asia

अन्तिम समाचार नआएसम्म विद्यालयमा खोजी कार्य जारी रहेको थियो । इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो । यसै महिनाको सुरूमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए । यसबाट ठूलो त्रास बढेको थियो ।

सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की प्राप्त भएको थियो । पछि ती धम्की अफवाह सावित भएको थियो । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro