site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा दैनिक १८ जनाले गर्छन् आत्महत्या, ४४ महिनामा २१ हजार घटना

काठमाडौं । नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात् आठ महिनाको अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन् । यो दैनिक १८ जना बढी हो ।

आर्थिक वर्ष ०७६/७७ को सोही अवधिमा तीन हजार ५३४ आत्महत्याका घटना भएका थिए । तुलनात्मक रूपमा चालु आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटनाहरू २६.८५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

Dabur Nepal

यस्तै, पछिल्ला ४४ महिना अर्थात् चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २१ हजार ७८७ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७४/०७५ मा पाँच हजार ३१७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा यो संख्या बढेको देखिन्छ । सो अवधिमा पाँच हजार ७४६ जनाले आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार २४१ जनाले आत्महत्या गरेको पाइएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा भने चार हजार ४८३ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरी तथ्यांकमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ ।

झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । यसबाहेक खोलामा हामफालेर, विषादी सेवन गरेर पनि आत्महत्या गर्नेहरु बढी छन् ।

प्रहरी अधिकारीहरुका अनुसार नेपाल विश्वमा बढी आत्महत्या हुने देशहरूमध्ये शीर्ष १२ भित्र पर्छ । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरु पनि रहेको प्रहरी अधिकृतहरु बताउँछन् । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ ।

तर, धेरैजसो आत्महत्यामा सम्बन्धमा भएको प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था मुख्य कारण रहेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro