site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा 'युके भेरियन्ट’को जाेखिम बढ्दो, खोपले सुरक्षित गर्नसक्छ ?
तस्बिर : पीटीअ‍ाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ का नयाँ प्रजातीहरू देखिएसँगै नेपालमा पनि ‘म्युटेड’ भाइरसबारे चासो देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो समय संक्रमण पुष्टि भएकाहरूमा 'युके भेरियन्ट’को लक्षण देखिएको जनाएको छ । यसअघि गत माघमा ३ जनामा 'युके भेरियन्ट’ देखिएको महाशाखाले पुष्टि गरेको थियो । 

के हो 'युके भेरियन्ट’ ? 
अधिकांश सरुवा रोगहरूको भाइरस निश्चित चरणमा पुगेपछि आफ्नो जिन वा स्वरूप परिवर्तन गर्ने गर्छन् । जसलाई भाइरसको ‘म्युटेसन’ भनिन्छ । विश्वमा अहिले युके, ब्राजिलियन र साउथ अफ्रिकन गरी कोभिड–१९ का तीनवटा ‘भेरियन्ट’ पुष्टि भएका छन् । 

विश्व स्वास्थ्य संगठनले यी ‘भेरियन्ट’ कोभिड–१९ का नयाँ प्रजातिको रूपमा परिभाषित गरेको छ । 'युके भेरियन्ट’ (बी १.१.७) अहिलेसम्म ४१ वटा देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअुनसार कोभिड–१९ को सामान्य भाइरसभन्दा युके ‘भेरियन्ट’ ७० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ । मृत्युदरका हिसाबले पनि 'युके भेरियन्ट’ सामान्यभन्दा घातक भएको उनी बताउँछन् । 

Agni Group

पछिल्लो समय नेपालमा युके ‘भेरियन्ट’को आशंका गरिएकाहरूको नमुनामा 'युके भेरियन्ट’ (बी १.१.७) को मात्रा धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । उनकाअनुसार संक्रमितहरूको नमूनामा ३० देखि ६० प्रतिशतसम्म ‘एस जिन’ नेगेटिभ देखिएको छ । जुन 'युके भेरियन्ट’को लक्षण पुष्टि गर्ने नतिजा हो । काठमाडौं र पोखरा क्षेत्रका शिक्षक र विद्यार्थीहरूमा पनि यो लक्षण देखिएको छ । यस हिसाबले बालबालिका र ज्येष्ठ नागरिकमा पनि यो ‘भेरियन्ट’ देखिने सम्भावना प्रबल रहेको डा. पौडेलको आँकलन छ ।

कसरी हुँदैछ नेपालमा 'युके भेरियन्ट’को परीक्षण ?
कोभिड–१९ को नयाँ प्रजाति पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्नुपर्ने हुन्छ । अर्थात् सामान्य पीसीआर किटबाट यो ‘भेरियन्ट’ पहिचान गर्न सकिँदैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की प्रमुख डा.रुणा झाकाअनुसार नेपालमा एनपीएचएल अहिलेसम्म कोभिड–१९ को ‘म्युटेड’ भाइरसको परीक्षण भएको छैन ।

Global Ime bank

गत माघ ५ गते बेलायतबाट नेपाल आएका तीन जनामा 'युके भेरियन्ट’ पुष्टि भएको थियो । उनीहरूको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुष २७ गते हङकङ पठाइएको थियो । 

नेपालमा काठमाडौं विश्वविद्यायलअन्तर्गत धुलिखेल अस्पताल, त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी विभाग, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा पतिष्ठान नाष्टमा जिन सिक्वेन्सिङ परीक्षण हुने गरेको छ । एनपीएचएलले यिनै प्रयोगशालाहरूसँको समन्वयमा सम्भावित संक्रमितहरूको जिन सिक्वेन्सिङ गरिरहेको छ । पछिल्लो समय परीक्षणमा रहेकाहरूको नतिजा आइनसकेको महाशाखा प्रमुख डा. पौडेलले बताए । उनकाअनुसार नयाँ प्रजातिको भाइरसको जोखिम बढेपछि केन्द्रिय प्रयोगशालामा नै परीक्षण गर्न जिन सिक्वेन्सर झिकाइएको छ । उनले आज–भोलिमै उक्त जिन सिक्वेन्सर आइपुग्ने बताए ।

नेपालमा अन्य ‘भेरियन्ट’को जोखिम कति ?
छिमेकी मुलुके भारतमा पछिल्लो समय युके, ब्राजिलियन र साउथ अफ्रिकन तीनै प्रकारका ‘भेरियन्ट’ देखिएको  छ । जसमा कोभिड–१९ को संक्रमण देखिएका प्रत्येक १० हजारमध्ये ७ सय जनामा युके ‘भेरियन्ट’ देखिएको तथ्यांक छ । यस हिसाबले नेपालमा 'युके भेरियन्ट’को जोखिम बढी भएको डा. पुन बताउँछन् । तर अन्य ‘भेरियन्ट’ पनि देखिने सम्भावना रहेको उनको भनाइ छ । “भाइसरको प्रकृतिअनुसार कुन समयमा यसले रूप परिवर्तन गर्न भन्ने यकिन छैन । त्यसैले अन्य ‘भेरियन्ट’को सम्भावनालाई पनि नकार्न भने सकिँदैन । पछिल्लो समय भारतमा धेरै फैलिएको भनिएको डबल म्युटेड भाइरस स्थानीय रूपमा विकास भएको प्रजाति हो । यो हिसाबले पनि कुन प्रजाति कहाँ देखापर्छ भन्ने यकिन गर्न सकिँदैन,” डा. पुनले भने ।

नेपालमा लगाइएको खोपले 'युके भेरियन्ट’लाई रोक्नसक्छ ?
नेपालमा हालसम्म कोभिड–१९ विरुद्धका दुईवटा खोप प्रदान गरिएको छ– भारतको उत्पादन कोभिसिल्ड र चीनको उत्पादन भेरोसेल । जसमध्ये भेरोसेल खोपले नयाँ भाइरसविरुद्ध कसरी काम गर्छ भन्ने अहिले अध्ययनकै क्रममा छ । कोभिसिल्ड खोपले युके ‘भेरियन्ट’विरुद्ध भने प्रतिरोधीको काम गर्ने पुष्टि भइसकेको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गत ३० मार्चमा एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै भारतले उन्पादन गरेका दुवै कोभिसिल्ड र कोभ्याक्सिन खोपले 'युके भेरियन्ट’को संक्रमणबाट बचाउने पुष्टि गरेको छ । 

तर अन्य ‘भेरियन्ट’को हकमा भने अहिले विकास भएका खोपहरूले कसरी काम गर्छन् भन्नेबारे विभिन्न देशहरूले अनुसान्धान गरिरहेका छन् । युकेपछि दक्षिण अफ्रिकी ‘भेरियन्ट’लाई पनि घातक भाइरसको रूपमा लिइएको डा. पुन बताउँछन् । यसअघि इन्फ्लुएन्जाको भाइरस पटक–पटक परिवर्तन हुने गरेको जसकारण विश्व स्वास्थ्य संगठनले खोपमा हुने ‘कम्पोनेन्ट’ परिवर्तन गरेर विकास गर्ने गरेको उनको अनुभव छ । त्यसैले नयाँ ‘भेरियन्ट’विरुद्ध खोप परिमार्जन भएर आउनसक्ने पनि डा. पुनको विश्वास छ ।  

“भाइरसले कहाँ कति असर पुर्‍याउँछ भन्ने विषय जनस्वास्थ्यका मापदण्ड कति पालना गरिएको छ भन्ने कुरामा निर्भर गर्दछ । हवापानी र मौसम भन्दापनि हामी कति सजग छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । भारतकै दरमा नेपालमा संक्रमण फैलिने हो भने अवस्था हामीले सोचेभन्दा निकै जटिल हुनसक्छ । नयाँ ‘भेरियन्ट’ले हाम्रो समुदायमा कुन रूप देखाउँछ भन्ने एउटा बिषय हो । तर हामी कति सतर्क छौं भन्ने अर्को महत्वपूर्ण बिषय हो । सामान्य कोभिड–१९ होस् या नयाँ प्रजातिको भाइरस नेपालमा जोखिम अहिले पनि उस्तै छ । तसर्थ जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु नै जनस्तरमा सुरक्षित रहने उपाय हो,” डा. पुनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC