site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लक्जरीयस ‘गद्दाफी प्लेन’: जहाँ गयो त्यहीं समस्या
Sarbottam CementSarbottam Cement

सीएनएन । लिबियाका शासक मोहोम्मद गद्दाफीको मृत्यु हुनु अगाडि विद्रोहीहरुले उनको बहुमूल्य शक्ति हात पारेका थिए ।

गद्दाफीको निजी विमान, एयरबस ए ३४०–५०० को ‘फ्युजलेस’ गोली र बारुदले तहसनहस भए पनि त्यसको इन्टिेरियर भने अझै राम्रो अवस्थामा थियो । 

त्यसलगत्तै विदेशी सञ्चारकर्मीहरुलाई यसको अवलोकन गर्न निम्ता गरियो । यसले लिबियाका राष्ट्रिपतिको विलासी उडानबारे धेरै खुलासा गर्‍यो । त्यहाँ गोप्यरुपमा भएका ‘बाथटब’ देखि निजी सिनेमा र ऐनाले घेरिएको ठूलो मास्टर बेडरुमसहित विभिन्न लक्जरी सेवाहरु उपलब्ध थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बाहिरबाट हेर्दा सामान्य विमान जस्तो देखिए पनि भित्रबाट त्यो गद्दाफीको आफ्नै भव्य उड्ने महल थियो । पछि यसलाई लिबियाको नयाँ निकायसमक्ष प्रस्तुत गरियो । तर स्वर्गीय तानाशाहीसँग अत्यन्तै नजिकी सम्बन्ध रहेको यो विमानलाई अब के गर्ने भन्ने प्रश्न उत्पन्न भयो । यसमा पहिलो विकल्प भनेको यसका सबै भीआईपी इन्टेरियर हटाएर साधारण विमानमा परिणत गर्नु थियो । 

यसअघि ट्युनिसियाका राष्ट्रपतिको विमानको पनि त्यही अवस्था थियो । उनको विमान टर्किंस एयरलाइन्सलाई बेचिएको थियो ।

Global Ime bank

गद्दाफीको सन्दर्भमा यस्तो भएन तर यसलाई जसरी प्रयोगमा ल्याइएपनि अन्त्यमा अधिक मर्मतको आवश्यक पर्ने स्पष्ट थियो । त्यसैले २०१२ मा यसलाई ‘एरोस्पेस मेन्टेनेन्स एण्ड रिपेयर फर्म’, इएएसमा लगियो जुन दक्षिण फ्रान्समा अवस्थित छ । अन्य विमानहरु भन्दा फरक गद्याफीको ए३४० उडान भर्न लायक अवस्थामै थियो । र २०१३ मा यो विमान उड्नका लागि तयार पनि भयो । जसमा यसलाई व्यवसायिक सेवाका लागि नभएर लिबिया सरकारले आफ्नै प्रयोगका लागि चलाउने निर्णय गर्यो ।

तर लिबियाको सुरक्षा स्थिति बिग्रँदै गएपछि यसलाई फेरि फ्रान्समै लगियो जसबाटै यो विमानको अन्तर्राष्ट्रिय विवाद सुरु भयो ।

यही कारण आजका दिनसम्म पनि यो विमान ग्राउन्डेड छ । ‘गद्दाफी प्लेन’ भन्ने नामले चिनिने यो विमान जहाँ गयो त्यहीँ नयाँ विवाद सुरु हुने गर्दथ्यो । 

गद्दाफी विमानको विवादास्पद इतिहास 

वास्तवमा यो विमान सबैन्दा पहिले १९९६ मा ब्रुनाइका सुल्तानका भाइ राजकुमार जेफ्री बोलकिआले प्राप्त गरेका थिए । तिनै राजकुमारले यसलाई लक्जरी विमानमा परिणत गर्न २५ करोड डलर भन्दा धेरै खर्च गरेका थिए । तर त्यसको चार वर्षपछि नै यसलाई बिक्री गरेका हुन् जसबेला उनी राज्यको पैसा दुरुपयोगको मुद्दामा परेका थिए । यसपछि यो विमान साउदीको राजपरिवार कहाँ पुग्यो । अर्बपति व्यवसायी राजकुमार अल वालिद बिन तलालले यसको प्रयोग गर्न सुरु गरे । र २००६ मा आएर मात्र लिबियाका प्रमुख गद्दाफीले बजारबाट यसलाई १२ करोड डलरमा खरिद गरे । 

तर त्यही कारोबारका कारण जोर्डानकी महिला व्यवसायी दाद शाबले, राजकुमार अल वलिदले आफूलाई पैसा दिन बाँकी रहेको बताउँदै तिनलाई बेलायत बोलाइन् । 

यसपछि लन्डनको अदालतले उनको पक्षमा आदेश जारी गर्‍यो र साउदीले उनलाई एक करोड भन्दा धेरै ब्याजसहित भुक्तान गर्नुपर्ने भयो । यो विमानसँग सम्बन्धित थुप्रै हाइ–प्रोफाइल कानुनी मुद्दाहरुमध्येको यो एउटा हो । 

त्यस्तै अर्को घटनामा चाहिँ गद्दाफीले विमान खरिद गरेकै वर्ष लिबिया सरकारले ट्रिपोली नजिक रिसोर्ट बनाउने सम्बन्धी अल कुवेतस्थित एक ठूलो कम्पनीसँग सम्झौता गरेको थियो । तर यो सम्झौता पनि लिबिया पक्षबाट रद्द भयो । यसको प्रतिक्रियामा कुवेत समूहले काइरोस्थित लिबियाविरुद्ध मुद्दा दर्ता गरायो र क्षतिपूर्तिको माग गर्‍यो । सन् २०१३ मा सो फर्मले ९३ करोड डलर प्राप्त गर्‍यो । यसपछि ए ३४० पर्पिग्ननमा अवतरण भएको थाहा पाएपछि कुवेती व्यवसायी अल खराफीको समूहले फ्रान्समा पनि लिबियन स्टेटमाथि अभियोग लगायो र विमानलाई नियन्त्रणमा लियो । 

तर २०१५ मा एउटा स्थानीय फ्रेन्च अदालतले यसको बजार मूल्य ६ करोड रहेका बेला विमानलाई सबै मुद्दाबाट मुक्त गरायो । यो मुद्दा २०१६ सम्म जारी रहँदा यसको व्यवस्थापन शूल्क मात्र ३० लाख डलर पुगेको थियो । 

यसरी २५ वर्ष पुरानो लिबियन ए ३४० विमान सम्बन्धी मुद्दा अझै जारी छ र यसको रेखदेख र मेन्टेनेन्स पनि भइहेको छ । सन् २०२० को अन्त्यतिर स्थानीय अवलोकनकर्ताहरूले यसको इन्जिन सुरु भएको पनि हेरेका थिए । 

तर अझै एयर ए३४० को भाग्य अनिश्चित नै छ । फ्रान्सको क्याटालन एयरफिल्डमा यसबाहेक दुई अफ्रिकी राष्ट्रपतिहरुको विमान पनि लामो समयदेखि स्टोर गरि राखिएको छ । सीएनएनबाट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC