site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपालाई प्रचण्ड–नेपालको प्रस्ताव : सरकार बनाउन सहकार्य गरौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको छ । छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि सो समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले अन्य राजनीतिक दलसँग परामर्श गरिरहेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रचण्ड र नेपालले आज जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र श्रेष्ठसँग छलफल गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा प्रचण्ड र नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बनाउनका लागि सहकार्य गर्न प्रस्ताव गरेका छन् । तर, जसपाले त्यसमा सहमति भने जनाइसकेको छैन । “वर्तमान परिस्थितिका बारेमा छलफल भयो । संसद् पुनःस्थापनापछिको परिस्थितिमा कसरी अघि बढ्ने ? भन्नेबारे कुरा भयो । संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरुबीच एक भएर जानुपर्छ भन्नुभयो,” जसपा नेता श्रेष्ठले भने, “हामीले त्यसमा भएका समस्याहरु के–के छन्, सबै हेरौँ । तपाईंहरुको औपचारिक प्रस्ताव प्राप्त भयो । हामी पार्टीमा छलफल गरेर जवाफ दिन्छौँ भन्यौँ ।”

अबको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरको बनाउने भने पनि कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको श्रेष्ठले बताए । जसपाले संविधान संशोधन र थुनामा रहेका रेशम चौधरी रिहाइको माग गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !