विशेष

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले संविधान समाप्त गर्ने षड्यन्त्र विस्थापित गरेको बताएका छन् ।
उनले मंगलबार कांग्रेसको फेसबुक पेजमार्फत प्रतिक्रिया दिँदै अदालतको फैसलाले गलत मार्गमा हिँड्दै गरेको राजनीतिलाई सही मार्गमा ल्याउन योगदान गरेको बताए ।
अदालतको फैसला ऐतिहासिक र स्वागतयोग्य भएको उनको भनाइ छ । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन बदर गरेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ २०:४७
प्रतिक्रिया दिनुहोस्