site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डिभाइडरले बढायो जाम, ट्राफिक प्रहरी भन्छ– असहज भयो भन्दैमा हटाउँदैनौँ
तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा लेन प्रयोगमा कडाइ गर्न भन्दै ट्राफिक डिभाइडर राखिएको जनाएको छ । तर, यसले काठमाडौं उपत्यकामा सवारी जाम निम्त्याएको देखिन्छ ।

ट्राफिकले लेन मिच्ने सवारीलाई नियमन गर्न डिभाइडर राखेको बताए पनि सडकमा अवलोकन गर्दा भने अवस्था बेग्लै छ । मंगलबार ललितपुरमा सवारी–साधनलाई सडकमा ओहोरदोहोर गर्न हम्मे–हम्मे परेको देखियो । 

सडकमा जथाभावी डिभाइडर राखिँदा सवारीचालक र यात्रुलाई दुर्घटनाको जोखिम भएको सवारीचालकले बताएका छन् । सवारीचालक शंखर आचार्यले ट्राफिक महाशाखाले आफूखुसी डिभाइडर राखेको बताए । उनले आफूले सडकमा सवारी चलाएर ओहोर–दोहोर गर्दा लामो समय जामको सामना गर्नुपरेको र रातिको समयमा सवारी चलाउन उच्च जोखिम रहेको दाबी गरे । ‘‘मैले लामो समय उपत्यकाका सडकमा सवारी चलाउँदै आएको छु । तर, अहिले ट्राफिक प्रहरीले आफूखुसी यसरी डिभाइडर राख्दा दुर्घटना हुने उच्च जोखिम छ । यसले लेन सुधार होइन, मानिसको ज्यानसमेत जान सक्ने जोखिम छ,’’ उनले भने, ‘‘सडकमा सवारी–साधन चलाइरहँदा महाशाखाका यस्ता किसिमका गतिविधिले यात्रु, चालकलाई अप्ठेरो पर्ने गरेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसको सट्टा बरु सीसीटीभी जडान गरी लेन मिच्नेलाई कारबाही गर्ने गरेको भए राम्रो हुने उनको भनाइ छ । ‘‘हुन त ट्राफिकको पनि आफ्नो समस्या होला । तर, प्रविधिको नाममा जथाभावी सडकमा यसरी डिभाइडर राख्न हुन्न,’’ आचार्यले भने ।

Global Ime bank

 

अर्का सवारीचालक सुरेश रेग्मीले सडकमा अवरोध हुने गरी राखेका डिभाइडरले ट्राफिक जाम हुने गरेको बताए । ‘‘सडक प्रयोगकर्ताका लागि राखिएका डिभाइडर साना सवारी–साधनले सडकमा ढालिदिन्छन् । उक्त डिभाइडरले आधाजति सडक छेकेपछि त सवारी चलाउन समस्या परेको छ । यसले झन् सवारी आवागमनलाई असहज बनाउँदै लगेको छ,” उनले भने ।

बा१ख ४६८७ नम्बरको गाडी चलाउँदै आएका उनी डिभाइडरले रातिको समयमा सडकमा राखिएका कोन पनि नदेखिने बताउँछन् । सडकमा कोन, डिभाइडर, फलामका डन्डी जथाभावी राख्दा समस्या भएको उनले गुनासो गरे ।

सडक लेन चुस्त–दुरुस्त बनाउन डिभाइडर राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए । ‘‘हामीले सकेसम्म सडकमा दुर्घटना घटाउने, जाम कम हुने कोसिसमा जुट्ने हो । थोरबहुत जामको समस्या चाँहि भएकै हो । यसको वैकल्पिक माध्यमको खोजी गरिरहेका छौँ । तर, तत्काल डिभाइडर हटाइयो भने लेन मिच्नेको घुइँचो लागिहाल्छ । असहज भयो भन्दैमा हटाइहाल्ने कुरा हुँदैन,” उनले भने ।

अधिकारीले लेन सुधारमा कडाइ गर्न डिभाइडरको मुख्य भूमिका रहने दाबी गरे । उनले सडकमा जथाभावी सवारी ओहोर–दोहोर गर्न पूर्ण रोक लगाइएको बताए । ‘‘हामीले विनाकारण लेन मिच्नेलाई थप कडाइ गर्न सडकमा डिभाइडर राखेका हौँ,’’ उनले भने, ‘‘चालकलाई अप्ठेरो पर्‍यो भन्दैमा हटाउने कुरो हुँदैन । मुख्यगरी चौडा सडकका चोकचोकमा डिभाइडर राखेका छौँ । यसले तीव्र गतिमा गुडिरहेका सवारीलाई नियन्त्रणमा ल्याउँछ । आफ्नो लेन प्रयोगमा रही अनुशासित रहन मद्दत गर्छ ।”

उनका अनुसार भक्तपुर, ललितपुर, काठमाडौंका मुख्य–मुख्य सडक चोकमा डिभाइडर राखिएका छन् । ‘‘ठोस समस्यामा कोही पनि पर्दैनन् । यसले झन् सबैलाई सहज बनाउँछ । सडकको अवस्था हेरेर डिभाइडर राख्ने गरेका छौँ । यसले सवारी दुर्घटना गर्दैन । बरु, थप सडक व्यवस्थापनलाई सहज बनाउँछ ।” उनले सवारीचालकको गुनासो आए पनि ट्राफिकले आफ्नो अडान नछोडी काम गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC