site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भागरथी हत्या प्रकरण : अनुसन्धानमा खटिए डीआईजी सुवेदी
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिन उनी त्यहाँ पुगेका छन् ।

बुधबार विद्यालय गएकी भागरथी साँझसम्म घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा मृत अवस्थामा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निष्‍कर्ष प्रहरीले निकालेको छ । शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । रिपोर्ट सोमबारसम्म आउने बताइएको छ ।

डीआईजी सुवेदीले भने, “घटनास्थलको निरीक्षण गरिसकेको छु । अनुसन्धानका विभिन्न पाटा केलाउने काम भइरहेको छ । अपराधीसम्म छिटै पुग्छौं ।”

डीआईजी सुवेदी केही दिन बैतडीमै रहनेछन् । घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय बैतडीको टोली परिचालन गरिएको छ ।

भागरथी हत्या प्रकरण : अनुसन्धानका ‘क्लु’ भेटिए

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro