काठमाडौं । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।
चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म आयोजना हुँदै छ ।
प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागिता जनाउनेछन् । सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो ।
गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको महिला टिमले ऐतिहासिक रजतपदक जितेको थियो । सागअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्णपदक जितेको थियो ।
फाइल तस्बिर ।