site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अभियान पाँच दिनभित्र सक्ने सरकारको योजना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आज पहिलो दिन देशभर अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई  खोप वितरण गरिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शुभारम्भ गरी सुरु गरिएको अभियान देशका ९५ केन्द्रबाट एकसाथ दिइँदै छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा १७ वटा अस्पतालबाट खोप वितरण गरिएको छ । स्थानीय तहमा पालिका अस्पतालमार्फत दिइँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलालाई खोप लगाएर खोपको सुरुवात गरिएको थियो । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो खोप लगएका निर्देशक डा. राजभण्डारीले खोपले आफूलाई कुनै नकारात्मक असर नपरेको र सबै नेपालीलार्ई निर्धक्क भएर खोप लगाउन आह्वान गरे ।

कोरोना महामारीको सुरुवातदेखि नै शुक्रराजमा कोभिड युनिट सम्हालेका डा. बास्तोलले खोपले कोभिडसँग लड्ने नयाँ राणनीति तयार भएको भन्दै खोप लागाउने आफ्नो अधिकार लिन सबै नागरिकलाई आग्रह गरे ।

Global Ime bank

पहिलो चरणको खोप अभियान पाँच दिनभित्र सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । माघ १८ गतेसम्ममा पहिलो डोज खोप लगाइसक्ने र एक महिनापछि दोस्रो डोज दिने मन्त्रालयको योजना छ ।

तस्बिरः सुनील प्रधान/बाह्रखरी ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement