site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अनुगमनको विरोध गर्दै म्यानपावर व्यवसायी आन्दोलनमा (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यवसायीलाई अनावश्यक दुःख तथा झन्झटका दिएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले आज वैदेशिक रोजगार विभाग पुगेर प्रदर्शन गरेका छन् । कोरोनाका कारण संकटमा परेको व्यवसाय भर्खरै मात्र सञ्‍चालनमा आएको तर कोरोनापछि तंग्रँदै गरेकामा विभागले अनावश्यक दु:ख दिएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जनाए ।

संघका अध्यक्ष विष्णु गैरेले आफूहरुले २१ बुँदे माग राखेको र ती माग पूरा नभए विभागमा तालाबन्दी गर्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका महानिर्देशकसँग सम्पर्क गर्दा आफू ‘नर्कमा बसेको’ बताएको गैरेले सुनाए । “समस्या समाधान गर्न सकिँदैन, नर्कमा बसेको छुजस्तो लाग्छ भने आजै काम छाडिदिनुस्,”  उनले भने, “काम गर्न सकिँदैन भने आफ्नो अधिकारको दुरुपयोग हुन्छ ।”

कोरोनको कारण थला परेको भए पनि विदेशमा कोरोनाको कारण अलपत्र परेका नेपालीहरुलाई नेपाल त्याउन सहयोग गरेको गैरेले बताएका छन् ।

Global Ime bank

“यता संस्थागत काम बन्द गर्ने उता हजारौं मानिस भिजिट भिसामा जान बाध्य बनाउने ?” गृह मन्त्रालयको तथ्याङ्कले साढे आठहजार भन्दा धेरै भिजिट भिसामा रोजगारीको निम्ती गएको देखाएको सुनाउँदै उनले भने, “सरकारले ढोका बन्द गरेर भ्यालबाट गैरकानुनी रुपमा जान भन्यो ।”

विभागले दैनिक गर्नुपर्ने काम नगर्दा आफूहरु विभागमा धर्ना दिन आउनुपरेको बताएका छन् । उनीहरुले राखेका मागमा शाखा कार्यालय खोल्न पाउनुपर्नेदेखि वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिमार्जन हुनुपर्नेसमेत छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement