site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली भन्छन्- साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले माघ २३ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रचण्ड-माधव नेपाल समूहको प्रदर्शनको प्रतिउत्तरमा ओली समूहले आमसभा गर्न लागेको हो ।

काठमाडौंमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने घोषणा गरेका छन् । "आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो," ओलीले भने, "आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।"

उनले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने पनि बताए । प्रचण्ड-नेपाल समूहले आज (शुक्रबार) गरेको आमसभाबाट वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा को आधिकारिक हो भनेर थाहा पाउन आमसभा हेर्न आउन ओलीलाई आग्रह गरेका थिए । त्यसको केही घण्टामै ओलीले प्रत्युत्तर दिन भ्याएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement