site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एट्लेटिकोको जितमा सुआरेजको दुई गोल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । शनिबार भएको खेलमा एट्लेटिकोले इल्चे माथि ३–१ गोलको सहज जित हात पारेको हो ।  घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेजले दुई गोल गरे । त्यस्तै डियागो कोस्टाले एक गोल गरे । उता लुकास बोयले एक गोल फर्काए । 

खेलको ४१ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ५८ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्र्दै टिमको अग्रतालाई दोब्बर पारे ।  उता इल्चेका लागि बोयले गोल गर्दै पाहुना टोलीलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको ८० औं मिनेटमा कोस्टाले गोल गर्दै टिमलाई ३–१ गोलले जित दिलाए ।  जितसँगै एट्लेटिकोले लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । लिगमा १२ खेल खेलेको एट्लेटिकोको २९ अंक छ । पराजित इल्चे १४ अंक सहित तालिकाको १५ औं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय