site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सयौं कोर्रा हान्दा पनि बुबा अडानबाट झुक्नुभएन 
Sarbottam CementSarbottam Cement

१९९७ मा राणा शासनविरुद्धमा उहाँले शोभा भगवतीमा प्रजा परिषद्को सदस्यताको सपथ लिनुभयो ।  ०९७ सालमा विवाह गरेको ४ महिनामा उहाँ पक्राउ नै पर्नुभयो । २००१ सालसम्म उहाँले भद्रगोल जेलमै बिताउनुभयो ।  २००१ सालमा दुईवटा अग्ला पर्खाल नाघेर उहाँ भद्रगोल जेल ब्रेक गरेर उहाँ भारत प्रवासमा जानुभयो । 

प्रजातन्त्रका लागि उहाँको प्रतिबद्धता अत्यन्त बलियो थियो । ६ दशकभन्दा लामो क्रियाशील राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनुभयो । 

१९९७ सालमा पक्राउ परेपछि आजीवन काराबास र सर्वस्वहरणको सजाय सुनाइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

२००१ मा जेल ब्रेक गरेर निर्वासनमा जानुभयो । फेरि २००७ सालको क्रान्तिको तयारीका लागि काठमाडौं आउनुभयो । फर्कने क्रममा ठोरीबाट पक्राउ गरियो । उहाँलाई जेलमा रहँदा कठोर सजाय दिइयो । कोर्रा हान्ने मान्छेले सयौं कोर्रा हानेर बेहोस बनाइसक्दा पनि उहाँ आफ्नो अडानबाट झुक्नुभएन । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरैले दुःख कष्ट भोग्नुभएको छ । कुर्बानी गर्नुभएको छ । तर, (बुबा) गणेशमानजीले भोगेको कष्टदायी जीवनसँग अरु कोही राजनीतिक नेताले खेप्नुभएको कष्टको तुलना हुँदैन । त्यतिधेरै कष्ट उहाँले सहनुभयो । नेपाली जनतालाई रैतीबाट जनता बनाउन गणेशमान सिंहले खेल्नुभएको भूमिकाको म स्मरण गर्न चाहन्छु ।

Global Ime bank

उहाँ व्यक्तिगतरुपमा भन्दा अत्यन्त सरल हुनुहुन्थ्यो । सबैलाई माया गर्ने । आफूले गर्नुपर्ने काम गर्ने । त्यसको परिणाम के आउँछ भन्नेमा उहाँ धेरै मतलब गर्नुहुँदैनथ्यो । उहाँ कस्तो भने, कोही आएर छोरीको बिहे छ भनेर पटक पटक पैसा माग्यो भने पनि दिएर पठाइदिने ।  किसुनजीहरुले त्यो देखेर पोहोर साल पनि छोरीको बिहे भनेर तपाईंसँग पैसा लगेको थियो, फेरि दिएर पठाउनुहुन्छ भन्नुहुन्थ्यो । 

त्यसबेला बुबा भन्नुहुन्थ्यो–तपाईँ चुप लाग्नुस् किसुनजी मलाई थाहा छ तर पनि सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । बुबाको त्यस्तो बानी थियो ।

गणेशमानजीको त्यो त्याग...

नेपालको राष्ट्रिय राजनीतिमा एउटा उदाहरण नै दिएर जानुभएको छ । जनतालाई सार्वभौमसत्ता सम्पन्न गराउनका लागि, रैतीबाट नागरिकको हैसियत दिलाउनका लागि जीवनभर लडिरहनुभयो ।  तर, उहाँ सिद्धान्त र आदर्शबाट कहिले पनि चुक्नुभएन ।  ०४६ को जनआन्दोलनपछि तत्कालीन राजाले नारायणहिटीमा बोलाएर जनआन्दोलनको नेतृत्व तपाईंनै गर्नुभएको, प्रधानमन्त्री पनि तपाईं नै बन्नुस् भनेर भन्दा मान्नुभएन । 

उहाँले राजालाई धन्यवाद दिँदै भन्नुभयो, ‘सरकार मैले जीवनभर संघर्ष गरेको म आफैँ प्रधानमन्त्री बन्न होइन । कृष्णप्रसाद भट्राईजीलाई बनाउनुस् ।’  त्यो दिन त्यो क्षण पनि हामीले बिर्सनुहुँदैन भन्ने मलाई लाग्छ । त्यसले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण प्रतिकात्मक अर्थ राख्छ ।  ०४६ पछि उहाँले सक्रिय राजनीति नगरे पनि म अभिभावकको भूमिकामा रहन्छु भन्नुभयो । 

०४८ को निर्वाचनपछि किसुनजी, गिरिजाप्रसाद कोइराला चाक्सीबारी घरमै आएर भेट्न आउनुभयो ।  कसरी अगाडि जाने ? के–के गर्ने भन्ने समझदारी भयो । ०४६ पछिको परिवर्तन हुने खानेका लागि मात्र होइन । यो सबैका लागि हो भन्ने उहाँको धारणा थियो । त्यसकारण अवसर नपाएकाहरुलाई, सबै जातजातिलाई अवसर दिनुपर्छ सरकारले गर्ने नियुक्तिहरुमा सन्तुलन गरेर जानुपर्छ भनेर भन्नुभयो । 

त्यो सहमति तोडिएपछि उहाँले असहमति जनाउनुभयो । त्यही कुरालाई ब्राह्मणवादविरुद्ध गणेशमानले जेहाद छेड्यो भनेर व्याख्या गरियो ।  शक्तिको राजनीतिमा प्रेसलाई कसरी डिस्ट्रोय गरिन्छ भन्ने उदाहरण थियो त्यो । उहाँले समावेशी भन्ने शब्द त भन्नुभएन तर, आशय त त्यही थियो ।  परिवर्तन सबैका लागि हो, सबैलाई मिलाएर लैजानुपर्छ भनेर भन्नुभएको थियो । सुशासनमा सबैलाई सहभागी गराएर प्रणालीलाई अगाडि लैजानुपर्छ भन्ने उहाँको धारणा थियो । 

परराष्ट्र सम्बन्धका बारेमा 

०४६ को परिवर्तनपछि उहाँले संयुक्त राष्ट्रसंघबाट शान्ति अवार्ड पाउनुभयो । ०४६ पछि उहाँ कुनै पदमा हुनुहुन्थेन ।  तर, भारतका प्रधानमन्त्रीहरु आउँदाखेरी चाक्सीबारी घरमै आएर भेट्नुहुन्थ्यो ।  नेपाल भारत र चीनबीचमा भएकाले यहाँको भूराजनीतिलाई राम्रोसँग बुझ्नपर्छ भन्नुहुन्थ्यो । भूराजनीतिमा भारत र चीनका लागि नेपालको महत्व छ । त्यस्तै, नेपालले पनि भारत र चीनलाई बराबर महत्व दिएर, समदूरीमा राखेर सम्बन्ध अगाडि बढाउनुपर्छ भन्नुहुन्थ्यो । संसारभरी नै शक्ति राष्ट्रको स्वार्थ त हुन्छ । हामीले नेपाल र नेपाली जनताको हितका लागि सोच्नुपर्छ । 

कुनै सन्धि सम्झौता गर्दा पनि त्यसलाई ध्यानमा राख्नुपर्छ ।  राष्ट्र र वजनताको हितभन्दा बाहिर कोही पनि जानुहुँदैन भन्नेमा उहाँको दृढ विश्वास थियो ।  त्यस्तै, कसैलाई छक्याउने र छलफलको राजनीति गर्नुहुँदैन भन्नुहुन्थ्यो । कुनै पनि निर्णय गर्दा, सन्धि, सम्झौता गर्दा पारदर्शी रुपमा जनतालाई चित्त बुझाएर मात्र गर्नुपर्छ भन्ने उहाँको अडान थियो । 

परराष्ट्र मामिलाका सम्बन्धमा उहाँको धारणा थियो, सम्बन्ध सबै राष्ट्रसँग राख्नुपर्छ । 

राजनीतिसँगै आर्थिक क्रान्ति 

०४६ सालमा खुलामञ्चमा भाषण गर्दै उहाँले राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिको चर्चा गर्नुभयो । राजनीतिक परिवर्तन भयो । अधिकार त प्राप्त भयो । तर, त्यो अधिकारलाई संरक्षण र सम्बर्द्धन गर्नका लागि आर्थिक र सामाजिक क्रान्तिको आवश्यकता पर्दछ भनेर खुलामञ्चबाटै उहाँले भन्नुभएको हो । 

०४६ को आन्दोलन सफल भएपछिको आमसभा थियो त्यो । जनताले अधिकारमात्र पाएर हुँदैन ।  सबैको जिविकोपार्जन सहज हुनुपर्छ । त्यसका लागि काम गर्न चाहेनहरुलाई सरकारले सहज वातावरण बनाइदिनुपर्छ ।  पिछडिएको र बञ्चितिकरणमा परेकालाई पनि अवसर दिनुपर्छ भनेर उहाँले त्यतिबेलै भन्नुभएको थियो । 

आर्थिक क्रान्तिको कुरा गर्दा देशको स्रोत साधन र पढेलेखेका बुद्धिजीवी सबैलाई जोडेर जानुपर्छ भन्नुहुन्थ्यो ।  देशभित्रकै जलविद्युत, कृषिजस्ता स्रोत साधनको न्यायोचित प्रयोग गरेर देशलाई सम्पन्न बनाउनुपर्छ भन्नुहुन्थ्यो ।  उहाँ मानिस खुसी हुनुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो । अहिले मानिसहरु यत्रो परिवर्तन आयो, हामीलाई दुःखको दुःख भनिरहेका छन् । भ्रष्टाचार, कुशासनलाई बेलैमा रोक्न सकेन भने के हुन्छ ? हिजो अग्रजहरु र ज्ञात अज्ञात सहिदहरुलाई सच्चा सम्मान गर्ने हो भने भ्रष्टाचारै भ्रष्टाचारबाट मुक्त गराउनुपर्‍यो । सुशासन दिनुपर्‍यो । काम गर्न चाहनेलाई सहजरुपमा काम गर्ने वातावरण सरकारले मिलाइदिनुपर्छ । 

आजको दिनमा गणेशमानजीलाई सम्झँदा यी काम गरियो भने सच्चा श्रद्धाञ्जली हुन्छ । 

घाममा बस्न रुचाउनुहुन्थ्यो 

उहाँ डस्ना सिरक, घडी, कपडा सबै घाममा सुकाउनुहुन्थ्यो । घाममा पनि उहाँ निक्कै बस्नुहुन्थ्यो ।  खाना खाँदा चामलमा मिसिएको ढुँगा टोक्नु उहाँलाई सबैभन्दा असह्य लाग्थ्यो ।  त्यसैले उहाँ जेलमा हुँदा पनि चामल निकै केलाएर हेरेर मात्रै छानेर पकाउनुहुन्थ्यो । त्यो बानी उहाँको पछिसम्म पनि थियो । घरमा हुँदा फुर्सद भयो भने उहाँ घाममा बसेर चामल केलाउनुहुन्थ्यो । 

रेडियो उहाँ बिहानैदेखि सुन्नुहुन्थ्यो । त्यतिबेला रेडियो नेपाल र बीबीसी सुन्नुहुन्थ्यो । उहाँ निक्कै अध्ययनशील हुनुहुन्थ्यो । न्यूरोडमा पाउने सबै अखबार किनेर पढ्नुहुन्थ्यो । त्यतिबेला नेपालबाट प्रकाशित हुने र भारतबाट आउने पत्रिकाहरु किनेर ल्याएपछि उहाँ कुनै पाना बाँकी नराखी पढ्नुहुन्थ्यो । डिक्सनरीनै उहाँलाई कण्ठ हुन्थ्यो ।

(सिंह पुत्र कांग्रेस नेता प्रकाशमानसँग बाह्रखरीका जगन्नाथ दुलालले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC